काठमाडौं । चिकित्सक संघले आफ्नो आन्दोलन फिर्ता लिएपछि आज देखि देशभरका अस्पतालमा सबै स्वास्थ्य सेवा नियमित रूपमा सञ्चालनमा आएको छ ।
सरकार र आन्दोलनरत चिकित्सकबीच बुधबार साँझ पाँचबुँदे सहमति भएपछि आन्दोलन अन्त्य भएको हो । त्यससँगै चिकित्सक संघले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।
वीरगञ्जस्थित नारायणी अस्पतालका एक चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरू आन्दोलनमा उत्रिएका थिए । आन्दोलनका कारण मंगलबार र बुधबार देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक अन्य सबै सेवा प्रभावित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया