काठमाडौं । संसदको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सामाजिक सद्भाव खल्बलिने कुनै पनि काम नगर्न आफ्ना नेता कार्यकर्ताहरुलाई आह्वान गरेको छ ।
केही दिनदेखि सुनसरीमा भइरहेको गतिविधिबारे सचेत रहन र सामाजिक सदभाव खल्बलिने कार्यमा संलग्न नहुन भनेको छ । साथै पार्टीका सबै समिति, नेता र सदस्यहरुलाई पीडित परिवारमा सहयोग पुर्याउन, घाइतेहरुको उपचारमा जुट्न समेत निर्देशन दिइएको छ ।
‘नेपाली कांग्रेस, पार्टीका सबै समिति, नेता र सदस्यहरूलाई पीडित परिवारमा सहयोग पुर्याउन, घाईतेहरूको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने कार्यमा खटिन आग्रह गर्दछ । साथै, सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संग्लन नहुन आफ्ना सबै नेता, कार्यकर्ता र सदस्य साथीहरूमा पार्टी कडा निर्देश गर्दछ र निर्देशनको उलंघन गरेमा विधान वमोजिम कारवाही हुने स्मरण गराउँदछौँ,’ कांग्रेसका प्रवक्ता देवराज चालिसेले विज्ञप्ति जारी गर्दै भनेका छन् ।
दुई पक्षबिचको सामान्य विवादमा राज्यले गोली चलाउनुपर्ने अवस्था किन आयो ? संवेदनशील परिस्थितिमा राज्य संयमित किन हुन सकेन ? लगायतका विषयमा आफूहरुले सरकारलाई प्रश्न गर्ने जनाएको छ । सुनसरी घटनाको विषयमा राज्यले सम्पूर्ण जिम्मेवारी लिनुपर्नेमा जोड दिँदै कांग्रेसले घटनाबारे सत्यतथ्य सार्वजनिक गरी दोषीलाई कारबाही गर्न माग गरेको छ ।
‘सामान्य विवादमा नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो र संवेदनशील परिस्थितिमा राज्य संयमित हुन किन सकेन ? यी प्रश्नहरूको जवाफ सरकारले दिनु पर्दछ र घटनाको सम्पूर्ण जिम्मेवारी लिनु पर्दछ । नेपाली कांग्रेस यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानविन गरी सत्य–तथ्य सार्वजानिक गर्न तथा दोषिलाई कारबाही गर्न पुनः माग गर्दछ,’ प्रवक्ता चालिसेले भनेका छन् ।
कांग्रेसले भनेको छ :
सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संग्लन नहुन आग्रह
सुनसरीको देवानगञ्ज, कप्तानगञ्जमा भएको दुःखद घटना र त्यसपछिका तनावपूर्ण परिस्थिति सबैका लागि गम्भीर चिन्ताको विषय हो । विशेष गरी पछिल्लो समयमा देखिएका सुरक्षा सम्बन्धी विभिन्न घटना हेर्दा यो सरकार देश र नागरिकको सुरक्षा संवेदनशीलता र चुनौतिसँग पूर्णतः अनभिज्ञ रहेको प्रतित हुन्छ ।
सामान्य विवादमा नागरिकको ज्यान जाने गरी गोली चलाउनु पर्ने अवस्था किन आयो र संवेदनशील परिस्थितिमा राज्य संयमित हुन किन सकेन ? यी प्रश्नहरूको जवाफ सरकारले दिनु पर्दछ र घटनाको सम्पूर्ण जिम्मेवारी लिनु पर्दछ । नेपाली कांग्रेस यस घटनाको तत्काल निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानविन गरी सत्य–तथ्य सार्वजानिक गर्न तथा दोषिलाई कार्वाही गर्न पुनः माग गर्दछ ।
यस घडीमा थप हिंसा र क्षति हुन नदिन धैर्य, संयम र संवादको बाटो अपनाउन सबैको कर्तव्य हो । धमिलो पानीमा माछा मारेर सामाजिक सद्भाव खलबल्याउने र साम्प्रदायिक हिंसा भड्काउने तत्वप्रति चनाखो रहन आवश्यक छ । अफ्वाह र उत्तेजनाले परिस्थिति थप जटिल बनाउन सक्छ । यस परिस्थितिमा सरकारले संवेदनशीलता गुमाए पनि समाजले संयम गुमाउनु हुदैन । अतः अफ्वाहमा नलाग्न र सामाजिक सद्भाव कायम राख्न सम्पूर्ण स्थानीयवासी, नागरिक समाज र राजनीतिक दलहरूलाई नेपाली कांग्रेस हार्दिक अपिल गर्दछ ।
नेपाली कांग्रेस, पार्टीका सबै समिति, नेता र सदस्यहरूलाई पीडित परिवारमा सहयोग पु¥याउन, घाईतेहरूको उपचारमा जुट्न र सामाजिक सद्भाव कायम गर्ने कार्यमा खटिन आग्रह गर्दछ । साथै, सामाजिक सद्भाव खलबलिने कुनै पनि कार्यमा संग्लन नहुन आफ्ना सबै नेता, कार्यकर्ता र सदस्य साथीहरूमा पार्टी कडा निर्देश गर्दछ र निर्देशनको उलंघन गरेमा विधान वमोजिम कारवाही हुने स्मरण गराउँदछौ ।
जय नेपाल !
देवराज चालीसे
प्रवक्ता
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया