डा.बाबुराम भट्टराई अस्वस्थ भएपछि अस्पताल भर्ना, कस्तो छ स्वास्थ्य अवस्था ?

लोकपथ
21
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई अस्वस्थ भएपछि अस्पताल भर्ना भएका छन् । चक्कर लाग्ने र वान्ता हुने समस्या देखिएपछि उनलाई मंगलबार बेलुका काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना गरिएको हो ।

चिकित्सकहरूले डा.भट्टराईमा बिनाइन पारोक्सिस्मल पोजिसनल भर्टिगो को लक्षण देखिएको बताएका छन् । यो समस्या हुँदा शरीरको सन्तुलन बिग्रने, चक्कर लाग्ने तथा वाकवाकी वा वान्ता हुने जस्ता समस्या देखिन सक्छन् ।

अस्पताल स्रोतका अनुसार डा.भट्टराईको स्वास्थ्य अवस्था चिकित्सकको निगरानीमा रहेको छ । उनको उपचार भइरहेको र थप स्वास्थ्य अवस्थाबारे चिकित्सकहरूले आवश्यक जानकारी दिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?