काठमाडौं । सुनसरीका विभिन्न क्षेत्रमा लगाइएको कर्फ्यु अझै जारी रहेको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै अर्को आदेश नआएसम्म कर्फ्यु कायम रहने जनाएको छ ।
कर्फ्यु इटहरी उपमहानगरपालिकाका वडा नं.१६ र १७, रामधुनी नगरपालिकाका वडा नं. १ र ५, इनरुवा नगरपालिका, दुहबी नगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाका सबै क्षेत्रमा लगाइएको छ ।
त्यस्तै कोसी, गढी, देवानगञ्ज, हरिनगर र बर्जु गाउँपालिकाका सबै क्षेत्रमा पनि कर्फ्यु जारी रहेको प्रशासनले जनाएको छ ।
कर्फ्यु लागू भएका क्षेत्रमा मानिसलाई आवतजावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराउ गर्न रोक लगाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया