रवि लामिछानेको पहलमा आज सर्वदलीय बैठक बस्दै

लोकपथ
70
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा आज सर्वदलीय बैठक बस्ने भएको छ ।

सुनसरी घटनालगायत समसामयिक विषयमा छलफल गर्न आज बिहान ८ बजे सिंहदरबारमा बैठक बोलाइएको हो ।

बैठकमा संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका साथै उपेन्द्र यादव, महन्थ ठाकुर र सीके राउत नेतृत्वका दललाई पनि निमन्त्रणा गरिएको
रास्वपाका महामन्त्री विपिन आचार्यले जानकारी दिए ।

रास्वपाका अनुसार सबै दललाई औपचारिक पत्र पठाइएको छ भने सभापति लामिछानेले नेताहरूलाई फोन गरेर पनि बैठकमा सहभागी हुन आग्रह गरेका छन् ।

महामन्त्री आचार्यका अनुसार सुनसरी घटनापछि समाजमा सद्भाव, शान्ति र आपसी विश्वास कायम राख्न राजनीतिक दलहरूले साझा धारणा बनाउन आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?