समस्याग्रस्त सहकारीका थप ४८ बचतकर्ताले पाए रकम फिर्ता

लोकपथ
0
Shares

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित विभिन्न सहकारीका थप ४८ जना बचतकर्तालाई बचत रकम फिर्ता गरेको छ ।

समितिले सहकारीको सम्पत्ति तथा दायित्व व्यवस्थापन ऐन ‘२०७५’ अदालतको आदेश र सरकारको निर्णयअनुसार बचत फिर्ता गर्ने काम भइरहेको जनाएको छ ।

समितिका अनुसार ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक, प्राणघातक रोग लागेका व्यक्ति, एकल महिला तथा पूर्ण अशक्त वा पूर्ण अपाङ्गता भएका व्यक्तिलाई बचत फिर्तामा पहिलो प्राथमिकता दिइएको छ ।

यस्तै, एक लाख रुपैयाँभन्दा बढी बचत भएका बचतकर्ताले एकपटकमा आफ्नो कुल बचतको अधिकतम ५० प्रतिशत वा बढीमा पाँच लाख रुपैयाँसम्म फिर्ता पाउने व्यवस्था गरिएको छ ।

यसपटक कान्तिपुर सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका ३७ जना, गौतमश्री बहुउद्देश्यीय सहकारीका ४ जना, कृषि विकास बहुउद्देश्यीय सहकारीका ३ जना, आइडियल यमुना बहुउद्देश्यीय सहकारीका २ जना र पशुपति सेभिङ एण्ड क्रेडिट को–अपरेटिभका २ जना गरी ४८ जना बचतकर्तालाई रकम फिर्ता गरिएको हो ।

समितिका अनुसार उनीहरूले प्रतिव्यक्ति अधिकतम दुई लाख ५० हजार रुपैयाँसम्म फिर्ता पाएका छन् । बाँकी बचतकर्ताको पनि निवेदन र प्राथमिकताका आधारमा चरणबद्ध रूपमा रकम फिर्ता गरिने समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?