काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाको भारत भ्रमण अन्तिम समयमा आएर स्थगित भएको छ । हिजो शनिबार भारत जाने तयारीमा रहेका सभापति थापाको भ्रमण आज आइतबारका लागि सारिएको भएपनि उनी आज पनि भारत नजाने भएका छन् ।
भारतको नयाँदिल्लीमा हुन गइरहेको पार्टीको जनसम्पर्क समितिको अधिवेशनका लागि प्रमुख अतिथिको रूपमा बोलाइएका थापाले अन्तिम समयमा भारत नजाने निर्णय लिएका हुन् ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले सभापति थापाको भारत भ्रमणको कार्यक्रम स्थगित भएको बताए पनि कारणबारे स्पष्ट जवाफ दिएनन् । उनले नितान्त आन्तरिक र प्राविधिक कारणले भारत भ्रमण स्थगित गर्नु परेको र भारत भ्रमणको नयाँ मिति पनि तय नभएको बताए ।
सभापति थापाले भारत भ्रमण स्थगित गर्नुको आन्तरिक कारण पार्टीभित्रको विवाद नै मुख्य कारण भएको स्रोतको दाबी छ । विशेष महाधिवेशनबाट गगन थापा सभापति चुनिएदेखि संस्थापन र इतर पक्षबीच आन्तरिक विवाद जारी छ । विवादकै बीचमा थापा र इतर पक्षको नेतृत्व गर्दै आएका पूर्णबहादुर खड्का पक्षले देशव्यापी अभियान सञ्चालन गर्दै आएका छन् । कुरा नमिले नयाँ पार्टी गठन गर्नेसम्मको तयारीमा इतर पक्ष देखिएको छ ।
उता, एमाले र नेकपा भने सहकार्यमा अघि बढिसकेकाले कांग्रेस संस्थापन पक्षमाथि पार्टी एकताका लागि दबाब बढ्दै गएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया