काठमाडौं । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बीच शनिबार भएको प्रदेश सरकार भागबण्डाबमोजिम कर्णाली प्रदेशमा नेकपा संसदीय दलका नेता मंगलबहादुर शाही मुख्यमन्त्री बन्ने निश्चित भएको छ । मुख्यमन्त्री चयनका लागि आज आइतबार सुर्खेतमा बैठकसमेत बोलाइएको छ ।
शाही मुगुबाट निर्वाचित प्रदेशसभा सदस्य हुन् । एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच हिजो शनिबार भएको सहमतिअनुसार कर्णाली प्रदेश सभाको मुख्यमन्त्री नेकपाको भागमा परेको थियो ।
सो सहमतिबमोजिम एमाले संसदीय दलका नेता यामलाल कँडेलले अब मुख्यमन्त्रीबाट राजीनामा दिने भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया