स्वास्थ्य बीमा बोर्डद्वारा पुससम्मका स्वीकृत दाबीबापत २५ अर्ब ४८ करोड भुक्तानी

लोकपथ
7
Shares

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्ष तथा २०८२ पुस महिनासम्म स्वीकृत भएका स्वास्थ्य बीमा दाबीबापत २५ अर्ब ४८ करोड ८७ लाख ८७ हजार ४७९ भुक्तानी गरेको छ ।

बोर्डका अनुसार आर्थिक वर्ष २०८२/८३ को असोज, कात्तिक र मंसिर महिनासम्म प्राप्त दाबीमध्ये स्वीकृत भएका दाबीहरूको भुक्तानी यसअघि नै सम्पन्न गरिएको थियो । पछिल्लो निर्णयअनुसार २०८२ पुस महिनामा स्वीकृत भएका दाबीबापतको२ अर्ब ४ करोड ८३ लाख ७ हजार ७६९ रकम सम्बन्धित सेवा प्रदायक स्वास्थ्य संस्थाहरूको बैंक खातामा जम्मा गरिएको छ ।

यससँगै आर्थिक वर्ष २०८२/८३ अन्तर्गत पुस महिनासम्म स्वीकृत भएका स्वास्थ्य बीमा दाबीहरूको भुक्तानी प्रक्रिया सम्पन्न भएको बोर्डले जनाएको छ ।

बोर्डले सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई गरिने दाबी भुक्तानीलाई नियमित, पारदर्शी र चरणबद्ध रूपमा अघि बढाइरहेको बताएको छ । बोर्डका अनुसार स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन दाबी व्यवस्थापन र भुक्तानी प्रक्रियालाई व्यवस्थित बनाउँदै लगिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?