काठमाडौं । रुपन्देहीमा घरायसी विवादका क्रममा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु भएको छ ।
जिल्लाको तिलोत्तमा नगरपालिका–१० मैनिहवामा बिहीबार ४५ वर्षीय सहसराम चौधरीले आफ्नै २१ वर्षीय छोरा सरोज चौधरीमाथि चक्कु प्रहार गरेका हुन् ।
प्रहरीका अनुसार घरायसी विवादका क्रममा भएको घटनामा गम्भीर घाइते भएका सरोजलाई प्रारम्भिक उपचारका लागि क्रिमसन अस्पताल लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि भैरहवास्थित मेडिकल कलेजमा रेफर गरिएकोमा उपचारकै क्रममा साँझ ४:४० बजे उनको मृत्यु भएको हो ।
घटनापछि चक्कु प्रहार गर्ने सहसराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया