काठमाडौंमा कांग्रेसको ‘ग्रिन रन’, जलवायु परिवर्तनबारे छलफल

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसले जलवायु परिवर्तनबारे जनचेतना फैलाउने उद्देश्यले काठमाडौं उपत्यकामा ‘ग्रिन रन’ आयोजना गरेको छ ।

शनिबार बिहान भएको पाँच किलोमिटर दौडमा कांग्रेसका सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, नेता–कार्यकर्ता तथा सर्वसाधारण सहभागी भएका थिए ।

जननायक बीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले ‘जलवायु जनचेतना जगाउन जुटौं’ भन्ने नारासहित ग्रिन रन आयोजना गरेको हो ।

प्रतिष्ठानका प्रमुख तथा कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले जलवायु परिवर्तनका चुनौतीबारे नागरिकलाई सचेत गराउने उद्देश्यले कार्यक्रम गरिएको बताए ।

दौडपछि जावलाखेलको फाल्चामा ‘जलवायु परिवर्तनको चुनौती स् निराकरण कसरी ?’ विषयमा विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम हुनेछ । त्यहीँ जलवायु परिवर्तनका असर र सम्भावनालाई चित्रमार्फत प्रस्तुत गर्ने गरी कलाकारहरूले प्रत्यक्ष चित्रकला पनि बनाउनेछन् ।

कांग्रेसले साउन ७ गते ‘नवीन परिस्थिति स् नवीन संकल्प, नवीन अभियान’ शीर्षकमा राष्ट्रिय सभागृहमा विचार गोष्ठी आयोजना गर्ने जनाएको छ । सोही दिन पार्टीले नयाँ अभियानको पनि घोषणा गर्नेछ ।

यस्तै, ग्रिन रनमा सहभागीको संख्याका आधारमा कांग्रेसले आफ्नै कोषबाट रकम जम्मा गरी ‘मानवीय सहयोग कोष’ स्थापना गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?