काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो ।
हिजो २ लाख ८४ हजार ६ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर २ लाख ८५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यता, आज चाँदीको मूल्य पनि तोलामा ५० रुपैयाँले बढेको छ । योसँगै आज चाँदी तोलामा ४ हजार ३ सय ७० रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य ४ हजार ३ सय २० रुपैयाँमा कारोबार भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया