काठमाडौं । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त र दुई आयुक्तका लागि सिफारिस भएका व्यक्तिको सुनुवाइ साउन १२ र १३ गते गर्ने भएको छ ।
आज सिंहदरबारमा बसेको समितिको बैठकले साउन १२ गते निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका डा. राजीव सुब्बा र गुरुप्रसाद वाग्लेको सुनुवाइ गर्ने निर्णय गरेको हो । साउन १३ गते प्रमुख निर्वाचन आयुक्तका लागि सिफारिस भएका मानबहादुर कार्कीको सुनुवाइ हुनेछ ।
समिति सभापति बोधनारायण श्रेष्ठका अनुसार सिफारिस भएका प्रत्येक व्यक्तिविरुद्ध एक–एक वटा उजुरी तथा सुझाव प्राप्त भएका छन् ।
ती उजुरी र सुझाव समिति सदस्यहरूलाई अध्ययनका लागि उपलब्ध गराइनेछ। त्यसपछि तोकिएको मितिमा संसदीय सुनुवाइ प्रक्रिया अघि बढाइनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया