काठमाडौं । फ्रान्सका स्टार खेलाडी किलियन एम्बाप्पेले विश्वकपको गोल्डेन बुट जितेका छन् । प्रतियोगिताका आठ खेलमा १० गोल गर्दै एम्बाप्पेले सर्वाधिक गोलकर्ताको उपाधि हात पारेका हुन् ।
एम्बाप्पेले अर्जेन्टिनाका लियोनल मेसीलाई पछि पार्दै गोल्डेन बुट जितेका हुन् । यससँगै उनी लगातार दुई विश्वकपमा यो अवार्ड जित्ने पहिलो खेलाडी बनेका छन् । यसअघि उनले सन् २०२२ को कतार विश्वकपमा पनि आठ गोल गर्दै गोल्डेन बुट जितेका थिए ।
२७ वर्षीय एम्बाप्पेले एउटै विश्वकपमा १० वा सोभन्दा बढी गोल गर्ने उपलब्धि पनि हासिल गरेका छन् । यसअघि सन् १९७० मा जर्मनीका महान् खेलाडी गर्ड मुलरले यस्तो प्रदर्शन गरेका थिए ।
एम्बाप्पेको विश्वकप इतिहासमा कुल गोल संख्या २२ पुगेको छ । यो संख्या लियोनल मेसीको भन्दा एक गोल बढी हो । उनले प्रतियोगितामा सेनेगल र इराकविरुद्ध दुई–दुई गोल गरेका थिए भने स्विडेन, पाराग्वे र मोरक्कोविरुद्ध पनि गोल गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया