साउनको पहिलो सोमबार : पशुपतिनाथसहित देशभरका शिवालयमा भक्तजनको घुइँचो

लोकपथ
21
Shares

काठमाडौं । भगवान शिवको प्रिय महिना साउनको पहिलो सोमबार आज देशभर श्रद्धा र भक्तिभावका साथ मनाइँदै छ । बिहानैदेखि आराध्यदेव पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा दर्शन र पूजाआजाका लागि भक्तजनको उल्लेख्य भीड लागेको छ ।

पशुपतिनाथ मन्दिर परिसरमा बिहानैदेखि भक्तजनको लाम लागेको देखिएको छ । भक्तजनले भगवान शिवको विधिपूर्वक पूजा–आराधना गर्नुका साथै दिनभर व्रत बसेर धार्मिक अनुष्ठानमा सहभागी भएका छन् । मन्दिर परिसरमा सुरक्षा व्यवस्था कडा पारिनुका साथै दर्शनार्थीको सहज व्यवस्थापनका लागि आवश्यक प्रबन्ध मिलाइएको छ ।

धार्मिक मान्यताअनुसार सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गरी दक्षिणायन प्रारम्भ भएपछि सुरु हुने साउन महिना भगवान शिवको विशेष प्रिय मानिन्छ । यस अवधिमा सोमबारको व्रत बसी शिवको पूजा–आराधना गरे मनोकामना पूरा हुने विश्वास रहिआएको छ ।

साउन महिनाभर विशेषगरी सोमबारका दिन पशुपतिनाथ, डोलेश्वर, किराँतेश्वर, सन्तानेश्वरलगायत देशभरका शिवालयमा भक्तजनको ठूलो उपस्थिति रहने गर्दछ । नेपाली हिन्दू समुदायले साउन महिनालाई श्रद्धा, भक्ति र आध्यात्मिक साधनाको महत्वपूर्ण समयका रूपमा मनाउने परम्परा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?