काठमाडौं । शुक्रबारबाट बागमती प्रदेशमा मन्त्रालयको संख्या ८ बनाइएसँगै मन्त्रीहरुको जिम्मेवारी समेत हेरफेर गरिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा प्रदेश प्रमुख दीपक देवकोटाले मन्त्रीहरु कार्य विभाजनसहित हेरफेर गरेका हुन् ।
नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री बानियाँको सिफारिसमा प्रदेश प्रमुख देवकोटाले मन्त्रिपरिषदको कार्य विभाजन गरेका हुन् ।
हाल बागमती प्रदेशमा मुख्यमन्त्रीसहित १४ सदस्यीय मन्त्रिमण्डल रहेको छ । तर मन्त्रालयको संख्या ८ बनाइएपछि ६ जना मन्त्रीलाई बिना विभागीय बनाइएको छ ।
बिना विभागीय मन्त्रीहरुमा किरण थापा मगर, उर्मिला नेपाल, भरत बहादुर के.सी, सुरेश श्रेष्ठ, जयराम थापा, बिनु रायमाझी पौडेल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया