आज तीन संसदीय समितिको बैठक बस्दै, धितोपत्र, ग्यास आपूर्ति र विधि विज्ञान विधेयकमाथि छलफल हुने

लोकपथ
14
Shares

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ ।

संघीय संसदअन्तर्गत अर्थ समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति तथा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक हुन लागेको हो ।

अर्थ समितिको बैठक बिहान ८ः३० बजे बस्नेछ । बैठकमा नेपाल धितोपत्र बोर्डका कामकारबाही, धितोपत्र बजारको नियमन र विकासका लागि भएका प्रयास, तथा लगानीकर्ताको हित संरक्षणका विषयमा छलफल हुनेछ ।

यस्तै, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान ८ बजे बस्नेछ । बैठकमा खाना पकाउने ग्यासको आपूर्ति समस्या र त्यसले उपभोक्तामा पारेको प्रभावबारे छलफल गरिनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ८ः३० बजे बस्नेछ । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?