‘एक्सप्रेस वे’ मा हिँडेको सरकारलाई ट्रक साहित्य

लोकपथ
49
Shares

काठमाडौं । गत असार ७ गते चितवन पुगेर प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले भने, ‘हाम्रो सरकार एक्सप्रेस वे मा हिँडेको छ गन्तव्यमा नपुगी ब्रेक लाग्दैन ।’

अहिले सरकार गठनको १०० दिन पार भएर सरकार अघि बढेको छ । यसबिचमा सीमासम्बन्धी प्रधानमन्त्रीको विवादित अभिव्यक्ति, सुकुमबासी समस्या, युवाहरुको आत्मदाह र त्यसले उठाएको प्रश्न अनि बाढी पहिरोको कहरले सरकारको परीक्षण भइरहेको छ ।

अझ सोमबार मिडिया हाउसको कार्यालयदेखि नेताहरुको घरअघि राखिएका गाडीको विषयले सरकारमाथि प्रश्न उठेको छ ।

व्यवस्थित बसोबासका लागि भन्दै सारिएका सुकुमबासीहरुको जनजीवन थप अव्यवस्थित बनेको विषयमा सञ्चारमाध्यमले सरकारको आलोचना गरे । बिहीबार गणेश नेपालीले अव्यवस्थित पार्किङका कारण आत्मदाहसम्म गर्न पुगेको विषयमा सञ्चारमाध्यमले सरकारको आलोचना गरेपछि ‘गाडी आतंक’ गरियो । जसमा सत्तारुढ दल रास्वपा निकटकै व्यक्तिहरुको हात रहेको आशंका र विपक्षीहरुको आरोप छ ।

त्यसरी आतंककै रुपमा राखिएका गाडीहरु सम्बन्धित स्थानबाट हटाइयो अनि चिट काटेर मात्र छाडियो ।
सत्तारुढ दल भित्र नेतृत्व तहमा मनमुटाव सुरु भएको प्रकरणहरु बाहिरिएका बेला रास्वपाले गाडी प्रकरणलाई सञ्चारमाध्यममाथि मनोवैज्ञानिक असर पुर्‍याउन खोजिएको भन्दै आलोचना गरेको छ ।

झण्डै दुई तिहाइको सरकार रहेका बेला सुरुमा सरकार र प्रधानमन्त्रीको आलोचना गर्न डराउने रास्वपाकै सांसदहरुले सरकारलाई खबरदारी गर्न थालेका छन् ।

सुकुमबासी बसेको होल्डिङ सेन्टरमा बाढी, तीन युवाको आत्मदाह, गाडी प्रकरणपछि मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले मात्र होइन सत्ता पक्षकै सांसदहरुले सरकारको आलोचना गरे । रास्वपा सांसद डा. अमरेशकुमार सिंहले विपक्षीसँगै उठेर विरोध जनाए भने रास्वपाकै अर्का सांसद रिमा विश्वकर्माले सरकारको गाडीको गति ठिक नभएको भन्दै आलोचना गरिन् ।

आजको बैठकको शून्य समयमा सांसद विश्वकर्माले ‘एक्सप्रेस वे’ मा हिँडेको दाबी गर्ने सरकारलाई चर्चित ‘ट्रक साहित्य’ स्मरण गराइन् । साथै उनले सरकारले सुशासनको एजेण्डा बोके पनि कतै हतारो त गरिरहेको छैन ? भन्ने प्रश्न गरिन् ।

रिमाले सरकारलाई ध्यानकर्षण गराउँदै भनेकी छन् :

हामीले अकालमै फेरि अर्को भाई गुमाएका छौँ । दिवंगत गणेश नेपाली साथै विवेक मण्डल र अश्विन रावतप्रति हार्दिक श्रद्धाञ्जली । देशभर बढ्दै गएका आत्मदाहका प्रयासका घटनाहरुले नागरिकको मानसिक स्वास्थ्यसँगै केही गम्भीर प्रश्न खडा गरिदिएको छ । नीति सुधारको दौडमा रहेको हाम्रो सरकार कतै हतार त गरिरहेको छैन ? जसका लागि कानुन बनाउँदैछौँ कतै उनीहरु नै त्यसको मारमा त परिरहेका छैनन् ? के साच्चै नागरिकले आफ्नो पीडा सुनाउन यस्तो आत्मघाती कदम चाल्नुपरेको हो ? एक्सप्रेस वेमा तीव्र गतिमा अघि बढिरहेको सरकारलाई म एउटा ट्रक साहित्य सम्झाउन चाहन्छु, ‘हतार गरे भन्न सकिन्न, विस्तारै गए अवस्य पुगिन्छ ।’ सुशासनलाई प्राथमिकतामा राखेको सरकारले अब नागरिकको मानसिक स्वास्थ्यलाई पनि प्राथमिक एजेण्डाका स्थापित गर्न जरुरी छ । राजनीतिक दायित्वसँगै हामीले सामाजिक र नैतिक जिम्मेवारीलाई पनि संवेदनशीलताका साथ आत्मसाथ गर्न जरुरी छ । राज्यले दलित समुदायलाई मृत्युप्रति श्रद्धाञ्जली र क्षतिपूर्ती……।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?