काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले प्रधानमन्त्री वालेन्द्र शाहमाथि प्रश्न उठाउन नदिने वातावरण सिर्जना गरिएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सरकारले लोकतान्त्रिक अभ्यास कमजोर बनाउँदै प्रधानमन्त्रीलाई कानुन र संविधानभन्दा माथि राख्न खोजेको टिप्पणी गरे ।
राईले सरकारले प्रधानमन्त्रीमाथि उठ्ने प्रश्नलाई निषेध गर्न खोजेको भन्दै यस्तो प्रवृत्तिले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने चेतावनी दिए ।
उनले भने, ‘सरकारले श्री ८ वालेन्द्र शाहलाई प्रश्न गर्न पाइँदैन भनेर स्थापित गर्न खोजिरहेको छ । देशमा रहेको संविधान र कानुन परिधिभित्र रहेर उत्पन्न हुने प्रश्न भन्दामाथि श्री ८ हुनुहुन्छ भनेर आम नागरिकलाई चेतावनी दिइरहेको छ ।’
उनले सरकारको व्यवहारले जनतालाई आफूले देखाएको, सुनाएको र स्वीकार गरेको सीमाभित्र मात्रै रहन दबाब दिएको आरोप लगाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया