अमेरिकी डलरको मूल्य कति छ ?

लोकपथ
35
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकका अनुसार १ अमेरिकी डलरको खरिददर १५२ रुपैयाँ ७० पैसा र बिक्रीदर १५३ रुपैयाँ ३० पैसा तोकिएको छ ।

त्यस्तै, १ युरोको खरिददर १७४ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७५ रुपैयाँ २४ पैसा रहेको छ । १ बेलायती पाउन्डको खरिददर २०४ रुपैयाँ ४७ पैसा र बिक्रीदर २०५ रुपैयाँ २८ पैसा निर्धारण गरिएको छ ।

यस्तै, १ अस्ट्रेलियन डलरको खरिददर १०६ रुपैयाँ र बिक्रीदर १०६ रुपैयाँ ४१ पैसा, १ क्यानेडियन डलरको खरिददर १०७ रुपैयाँ ९९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ४२ पैसा तथा १ सिङ्गापुर डलरको खरिददर ११८ रुपैयाँ १९ पैसा र बिक्रीदर ११८ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।

भारतीय १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।

राष्ट्र बैंकले आवश्यक परेमा विनिमयदर जुनसुकै समयमा परिवर्तन गर्न सकिने जनाएको छ । साथै, वाणिज्य बैंकहरूको विनिमयदर केही फरक हुन सक्ने र अद्यावधिक दर राष्ट्र बैंकको वेबसाइटमा हेर्न सकिने बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?