सरकारलाई गगन थापाको प्रश्न– राज्यले नागरिकलाई आड र भरोसा दिन किन सकेन ?

लोकपथ
21
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कतिपय नागरिक राज्यकै सामु आफूलाई असहाय महसुस गरिरहेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै थापाले राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने भए पनि व्यवहारमा त्यस्तो अनुभूति हुन नसकेको बताएका हुन् ।

उनले लेखेका छन्, ‘हामीले आफैँसँग केही कठिन प्रश्न सोध्नैपर्छ । एउटा युवा किन यस्तो निराशाको विन्दुसम्म पुग्छ ? आफ्ना पीडा सुनाउन आफ्नै शरीरमा आगो लगाउनुपर्ने अवस्था किन सिर्जना हुन्छ ? राज्यका सेवा र संयन्त्रले नागरिकलाई आड, साथ र भरोसाको अनुभूति गराउनुपर्ने हो, तर किन कतिपय नागरिक राज्यकै सामु आफूलाई यति असहाय महसुस गर्छन् ? समाज, परिवार, राज्य र हामी नागरिकका रूपमा कहाँ चुक्यौँ ?’

थापाले विगत वा वर्तमान कसको दोष भन्ने बहसभन्दा पनि यस्ता घटनालाई राज्य सञ्चालनसँग जोडिएको सामूहिक आत्मचिन्तनको विषय बनाउनुपर्नेमा जोड दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?