एमाले कार्यदल बैठकको मिति परिवर्तन, अब असार २५ गते बस्ने

लोकपथ
49
Shares

काठमाडौं । नेकपा (एमाले) उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ ।

यसअघि असार २२ गतेका लागि तय गरिएको बैठक विशेष कारणवश असार २५ गतेका लागि सारिएको हो ।

पार्टीले निर्वाचनको समीक्षा गर्दै संगठनलाई थप प्रभावकारी बनाउने उद्देश्यले थापा नेतृत्वमा कार्यदल गठन गरेको थियो । कार्यदलले देशभरबाट सुझाव संकलन गरी प्रतिवेदन तयार पार्ने जिम्मेवारी पाएको छ ।

उक्त प्रतिवेदनका आधारमा पार्टीको संगठनात्मक संरचना, कार्यशैली तथा पुनर्गठन सम्बन्धी निर्णय अघि बढाउने एमालेको तयारी रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?