पहिरोले देशका यी प्रमुख राजमार्ग अवरुद्ध, यात्रु र सवारी अलपत्र

लोकपथ
854
Shares

काठमाडौं । देशका केही मुख्य राजमार्ग पहिरोका कारण अवरुद्ध भएका छन् ।

बझाङको छविसपाथीभेरा गाउँपालिका–जालेबगल क्षेत्रमा माथिबाट ढुंगासहितको पहिरो खसेपछि राजमार्ग पूर्ण रूपमा बन्द भएको छ ।

यस्तै, आज बिहान सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका–२ स्थित कोदारी नजिक अरनिको राजमार्गको इकु पहिरो क्षेत्रमा लगातारको वर्षापछि करिब ३० फिट सडक ५ मिटर तल भासिएको छ । त्यसपछि अरनिको राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको हो ।

पहिरोका कारण यी सडकमार्फत हुने सवारी आवागमन प्रभावित भएको छ । सम्बन्धित निकायले सडक खुलाउने प्रयास गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?