प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्कीको नाम सिफारिस

लोकपथ
413
Shares

काठमाडौं । रिक्त प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की (मोरङ) सिफारिस भएका छन् ।

शुक्रबार बसेको संवैधानिक परिषद्को बैठकले कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको हो ।

आजको परिषद् बैठकले अन्य दुई जनालाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । जसमा डा. राजीव सुब्बा र गुरु वाग्ले रहेका छन् ।

सुब्बा पूर्व डीआईजी हुन् भने वाग्ले अवकाशप्राप्त सरकारी वकील हुन् ।

लामो समय कार्यवाहकको भरमा चलेको निर्वाचन आयोगलाई सरकारले नेतृत्व प्रदान गर्ने तयारी गरेको हो ।

गत वैशाख २४ गते बालेन सरकारको नेतृत्वमा आइसकेपछि पहिलो संवैधानिक परिषद्को बैठक बसेको थियो भने आज दोस्रो बैठक बसेको हो । आजको बैठकले अन्य संवैधानिक आयोगहरुमा रिक्त पदपूर्ती समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?