काठमाडौं । साताको पाँचौँ कारोबारको दिन आज बिहीबार नेपाली बजारमा सुनको मूल्य ह्वातै बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ७७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ६ हजार २ सय रुपैयाँले बढेर २ लाख ८३ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १८० रुपैयाँले बढेको हो ।
बुधबार ४ हजार २७० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला १८० रुपैयाँले बढेर ४ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया