सामाजिक कथामा बन्ने ‘मन विनाको धन–२’मा विपीन कार्कीको इन्ट्री

लोकपथ
14
Shares

काठमाडौं । चलचित्र ‘मन विनाको धन–२’ मा अभिनेता विपीन कार्की अनुबन्ध भएका छन् ।

टंक बुढाथोकीको कथा तथा निर्देशन रहने चलचित्रमा विपीनको प्रवेशसँगै कलाकार टोली थप बलियो बनेको निर्माण पक्षले जनाएको छ ।

यसअघि नै चलचित्रमा नायिका पूजा शर्मा फाइनल भइसकेकी थिइन् । विपीन र पूजाले पहिलो पटक एउटै प्रोजेक्टमा सहकार्य गर्न लागेका हुन् ।

टंक बुढाथोकी प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यस चलचित्रमा टंक बुढाथोकीकै कथा तथा निर्देशन रहनेछ भने शिवम् अधिकारीले पटकथा लेखनको जिम्मा लिएका छन् ।

यसअघि नै महेश त्रिपाठी, सरोज खनाल र किरण केसी पनि चलचित्रका लागि फाइनल भइसकेका छन् ।

सामाजिक कथावस्तुमा आधारित रहने ‘मन विनाको धन–२’ को छायांकन तथा प्रदर्शन मितिबारे भने निर्माण पक्षले औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?