कैलाली । कैलालीको लम्कीचुहा नगरपालिकामा विद्यालयबाट घर फर्किने क्रममा सम्पर्कविहीन भएकी ६ वर्षीया बालिका मृत अवस्थामा फेला परेकी छन् ।
लम्कीचुहा नगरपालिका–४ अम्मरपुर निवासी मनिषा विक बुधबार स्थानीय रोरा खोलाको किनारमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।
मनिषा लम्कीचुहा नगरपालिका–२ स्थित जनचेतना माध्यमिक विद्यालयको शिशु कक्षामा अध्ययनरत थिइन्। अभिभावकले उनलाई मङ्गलबार बिहान विद्यालयमा पुर्याएका थिए । विद्यालयपछि उनी घर नफर्किएपछि परिवारले खोजी सुरु गरेको थियो ।
इलाका प्रहरी कार्यालय लम्कीका प्रहरी निरीक्षक जयबहादुर चन्दको नेतृत्वमा खटिएको प्रहरी टोलीले खोजीका क्रममा मनिषाको शव रोरा खोलाको किनारमा फेला पारेको हो ।
घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया