मुग्लिन–नारायणगढ सडकमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा

लोकपथ
14
Shares

काठमाडौं । मुग्लिन–नारायणगढ सडकखण्डमा बुधबार बिहान खसेको सुक्खा पहिरो हटाइएपछि सवारी आवागमन पुनः सुचारु भएको छ ।

तुइन खोलास्थित सडकमा सुक्खा पहिरो खसेपछि केही समयका लागि सडक अवरुद्ध बनेको थियो । सडक डिभिजन कार्यालय भरतपुरले तत्काल पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको जनाएको छ ।

कार्यालयले जारी गरेको सूचनामा तुइन खोलामा खसेको पहिरो हटाएर सडकमा सवारी आवागमन पुनः सञ्चालनमा आएको उल्लेख गर्दै सबै चालकलाई लेन अनुशासन पालना गरी सावधानीपूर्वक यात्रा गर्न आग्रह गरिएको छ ।

मनसुन सक्रिय रहेकाले उक्त सडकखण्डमा यात्रा गर्दा सम्भावित पहिरो र सडकको अवस्थाबारे जानकारी लिएर मात्रै यात्रा गर्न सम्बन्धित निकायले अनुरोध गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?