मधेश प्रदेशसभामा आजदेखि बजेटमाथि मन्त्रालयगत छलफल

लोकपथ
7
Shares

जनकपुरधाम । मधेश प्रदेशसभामा आजदेखि आगामी आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत गरिएको प्रदेश विनियोजन विधेयकअन्तर्गत विषयगत मन्त्रालयको बजेट शीर्षकमाथि छलफल सुरु हुँदैछ ।

प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाका अनुसार बजेटमाथिको छलफलका लागि प्रदेशसभाको बैठक आज दिउँसो १ बजे बोलाइएको छ । बैठकमा सरकारद्वारा प्रस्तुत विनियोजन विधेयकमाथि मन्त्रालयगत रूपमा विस्तृत छलफल प्रारम्भ गर्ने कार्यसूची रहेको उनले जानकारी दिए ।

मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ४१ अर्ब १३ करोड ८६ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

प्रदेशका अर्थमन्त्री युवराज भट्टराईले प्रदेशसभामा प्रस्तुत गरेको बजेटमा कृषि नवप्रवर्तन, उद्यमशीलता प्रवर्द्धन, शिक्षा र स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखिएको छ । सरकारले यी क्षेत्रको विकासमार्फत उत्पादन, रोजगारी सिर्जना र सेवा प्रवाहमा सुधार ल्याउने लक्ष्य लिएको जनाएको छ ।

प्रदेशसभामा हुने छलफलपछि सांसदहरूले उठाएका सुझाव र संशोधनका आधारमा विनियोजन विधेयकलाई अघि बढाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?