नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम पनि घट्यो

लोकपथ
119
Shares

काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार आज अघिल्लो कारोबार दिन भन्दा ०.९३ प्रतिशतले गिरावट आउँदा शेयर बजार २४.६३ अंकले घटेको हो ।

आज बजार बिन्दु २ हजार ६ सय ८ मा आएर रोकिएको छ । आज कारोबार र कारोबार रकम दुवै घटेको छ । कुल ८७ लाख ३७ हजार ३ सय ९२ कित्ता शेयर ३ अर्ब २५ करोड ८७ लाख ५८ हजार १४ रुपैयाँ बराबरको कारोबार भएको हो ।

आज कारोबारमा आएकामध्ये ३५ कम्पनीको शेयर मूल्य वृद्धि भएको छ, २३५ कम्पनीको शेयर मूल्यमा गिरावट आउँदा ५ वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि फेरबदल आएको छैन ।

कारोबारमा आएकामध्ये स्नो रिभर्स लिमिटेड, कर्पोरेट विकास बैंक लिमिटेड, स्वाभिमान लघुवित्त वित्तीय संस्था लगायतका लगानीकर्ताहरुले धेरै कमाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?