एआईमा सामसुङको हालसम्मकै ठूलो लगानी : ६ खर्ब ५० अर्ब डलरको ‘थ्री मेगा प्रोजेक्ट’ सार्वजनिक गर्दै

लोकपथ
28
Shares

काठमाडौं । विश्वकै प्रतिष्ठित कम्पनीमध्ये एक सामसुङले कृतिम बौद्धिकता ९एआई० सँग सम्बन्धित दक्षिण कोरियामा हालसम्मकै ठूलो लगानी योजना सार्वजनिक गर्ने तयारी गरेको छ ।

सामसुङ ग्रुपले आउँदो दशकमा दक्षिण कोरियामा १ हजार ट्रिलियन वन ९दक्षिण कोरियाली करेन्सी० झण्डै ६ खर्ब ५० अर्ब अमेरिकी डलर लगानीको प्रतिबद्धता आगामी सोमबार सार्वजनिक गर्न लागेको हो ।

यो लगानी विश्वव्यापी रूपमा बढिरहेको एआई प्रेरित चिप व्यवसायको उछाललाई देशव्यापी आर्थिक वृद्धिको इन्जिनमा बदल्ने महत्वकांक्षी योजनासँग सम्बन्धित रहेको बताइएको छ ।

दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङ समेत उक्त समारोहमा भाग लिने बताइएको छ । एआईका कारण चिप्सको निरन्तर माग बढ्दा ठूलो नाफा कमाउन सफल भएका कम्पनीहरू सामसुङ इलेक्ट्रोनिक्स र एसके हाइनिक्सका शीर्ष अधिकारीहरूसहित राष्ट्रपतिले उक्त समारोहमा भाग लिनेछन् ।

राजधानी सियोल वरपरका क्षेत्रहरूमा चिप निर्माताहरूको उत्पादन सुविधाहरू केन्द्रित हुनुले लामो समयदेखि राजनीतिक दबाब सिर्जना गर्दै आएको थियो । यता राष्ट्रपति लीको सन्तुलित क्षेत्रीय विकासको जोडले यसलाई अझ बढावा दिने विश्वास लिइएको छ ।

आर्थिक रुपमा विश्वलाई चकित पार्ने तयारीमा रहेको सामसुङले सोमबार थ्री मेगा प्रोजेक्ट्स तीनवटा ठूला आयोजनाहरू सार्वजनिक गर्ने बताएको छ ।

सेमीकन्डक्टर ९चिप०, एआई डाटा सेन्टर र रोबोटिक्स समेटिएका यी योजनाहरू सरकार र उद्योग क्षेत्रले संयुक्त रूपमा तयार पार्ने र यसमा ठूलो लगानीको अपेक्षा गरिएको बताइएको छ ।

विश्वमा नै एआई प्रविधिमा आधारित डाटा सेन्टर, च्याटबोट, इमेज जेनेरेटर तथा अन्य सेवाको माग तीव्र रूपमा बढ्दै गइरहेको अवस्थामा सेमिकन्डक्टर उद्योगमा विश्वव्यापी लगानीको प्रतिष्पर्धा समेत बढेको छ ।

सामसुङले हालै प्रस्तावित गरेको ती योजनाअन्तर्गत दक्षिण–पश्चिम कोरियामा ठूलो सेमिकन्डक्टर कम्प्लेक्स निर्माण, योङ्गिनमा छ वटा चिप उत्पादन केन्द्र स्थापना तथा एआई र डाटा सेन्टर पूर्वाधार विस्तारजस्ता परियोजना समावेश हुनेछन् ।

विशेषगरी एआई पूर्वाधारका लागि मात्र करिब ३ हजार ५०० खर्ब वन विनियोजन हुने अनुमान गरिएको छ । यो १० वर्षे लगानी योजना दक्षिण कोरियाको कुनै पनि निजी कम्पनीले सार्वजनिक गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो प्रतिबद्धता हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?