काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई प्रदेशसभा खारेज गर्ने प्रस्ताव छोडेर सुशासन र विकासमा ध्यान दिन सुझाव दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो घारणा सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
उनले संघीयता र प्रदेश संरचना हटाउने कुनै पनि कदमले देशमा गम्भीर राजनीतिक तथा सामाजिक समस्या निम्त्याउन सक्ने चेतावनी दिएका हुन् ।
भट्टराईले दुई मुख्य कारण उल्लेख गरेका छन् । पहिलो, संविधान संशोधनबारे छलफल भइरहेका बेला एकतर्फी रूपमा प्रदेशसभा खारेज गर्ने निर्णयले राजनीतिक दल र जनताबीच विश्वासको संकट उत्पन्न गर्न सक्ने उनको भनाइ छ ।
दोस्रो, नेपालजस्तो विविधतायुक्त देशमा लामो संघर्षपछि स्थापना भएको संघीय संरचना हटाइए जातीय र क्षेत्रीय तनाव बढ्न सक्ने उनले उल्लेख गरेका छन् ।
उनले संविधान संशोधनबारे व्यापक राष्ट्रिय सहमति नबनेसम्म यस्तो एजेन्डा अघि नबढाउन र अहिले सुशासन तथा विकासमा केन्द्रित हुन रास्वपालाई आग्रह गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया