काठमाडौं । बुधबार शेयर बजार मापक नेप्सेमा दोहोरो अंकको गिरावट आएको छ ।
आज अघिल्लो कारोबार दिनको तुलनामा नेप्से परिसूचक ० दशमलव ५४ प्रतिशत अर्थात् १४ दशमलव ४५ प्रतिशतले गिरावट आएको हो ।
नेप्सेमा गिरावट आउँदा बजार बिन्दू २ हजार ६ सय ६० अंकमा रोकिएको छ ।
नेप्सेका अनुसार आज कुल १ करोड ७ लाख ७७ हजार ५ सय ८२ कित्ता शेयर कारोबार भएको हो । नेप्से परिसूचक घटेसँगै कारोबार रकम समेत घटेको छ । आज कुल ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४ सय ८६ रुपैयाँ बराबर कारोबार भएको हो ।
आज कारोबारमा आएकामध्ये ६४ कम्पनीले नाफा कमाउँदा २०० कम्पनीका लगानीकर्ताले घाटा बेहोरेका छन् भने १० वटा कम्पनीको शेयर मूल्यमा कुनै पनि परिवर्तन आएको छैन ।
आज बजार घटे पनि टक्सार पिखुवाखोला हाइड्रोपावर, एम्बलिङ हाइड्रोपावर, भुजुङ हाइड्रो लिमिटेड लगायत कम्पनी धेरै कमाउनेमा गनिएका छन् । यसैगरी सोपान फर्मास्यूटिकल, हिमालयन ८०–२०, भगवती हाइड्रोपावर विकास कम्पनी लगायतका कम्पनीहरु धेरै गुमाउने कम्पनी भएका छन् ।
आज फाइनान्स र व्यापार बाहेक सबै समूहका सूचक घटेका छन् । फाइनान्स ०.१९ तथा व्यापार ०.८१ प्रतिशत बढे ।
बैंकिङ ०.४८, विकास बैंक ०.५७, होटल तथा पर्यटन ०.६२, जलविद्युत् ०.६२, लगानी ०.३२, जीवन बीमा ०.४६, उत्पादन तथा प्रशोधन १.१०, माइक्रोफाइनान्स ०.३८, निर्जीवन बीमा ०.६४ र अन्य १.०२ प्रतिशत घटेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया