काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक हजार ४ सय रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ८७ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १४ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४० रुपैयाँले बढेको हो । आइतबार ४ हजार ६९० रुपैयाँमा कारोबार भएको चाँदी आज ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया