काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आगामी ५ वर्षको कार्यकाल नै वालेन्द्र शाह ‘बालेन’ नै प्रधानमन्त्री बन्ने स्पष्ट पारेका छन् ।
आइतबार पार्टीको प्रथम महाधिवेशनलाई सम्बोधन गर्दै रविले आफूहरुबिच कुनै मनमुटाव हुनेमा कुनै शंका नगर्न आग्रह गरे ।
उनले चुनाव अघि नै बालेनलाई प्रधानमन्त्री बनाउने सहमति भएको स्पष्ट पार्दै प्रधानमन्त्रीका लागि कुनै शंका नगर्न आग्रह गरे ।
‘सरकार सञ्चालन गर्न चुनाव अगाडि नै पार्टीका बरिष्ठ नेता बालेन शाहको खुट्टामा बल पुर्याइसकेको छ । अब भटाभट गोल हान्ने जिम्मा बालेनजीको,’ रविले भने, ‘झुक्किएर त्यो बल कही आएछ भने पनि त्यही खुट्टामा पास गर्ने जिम्मा मेरो ।’
त्यस्तै अन्य राजनीतिक दलहरुसँग आफूहरु संवादका माध्यमबाट अघि बढ्न चाहेको समेत बताए । पूराना राजनीतिक दलहरुमा समस्या देखिएको बताउँदै दलभित्रको झगडा सुल्झाएर अघि बढ्न आग्रह गरे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया