राप्रपाको असन्तुष्ट पक्षहरुको छुट्टै भेला

लोकपथ
133
Shares

काठमाडौं । राष्ट्रिय प्रजातान्त्रिक पार्टी (राप्रपा) का असन्तुष्ट पक्षको भेला सुरु भएको छ ।

केन्द्रीय समितिमा भाग नलिएका केन्द्रीय सदस्यहरूको सामूहिक भेला सुकेधारा स्थित लेविज गार्डेनमा सुरु भएको हो ।

असन्तुष्ट पक्षहरुको भेलालाई समर्थन गर्दै महामन्त्री कुन्ती शाही उपस्थित रहेकी छन् । यता कमल थापाको तर्फबाट भरखरै केन्द्रीय सदस्य मनोनयन भएकाहरू समेत भेलामा सहभागी हुने बताइएको छ ।

भेलामा करिब १०० जना केन्द्रीय सदस्यको उपस्थित हुने अनुमान गरिएको सहायक महामन्त्री प्रेम बलायरले बताए ।

महाधिवेशन नजिकिँदै जाँदा वर्तमान अध्यक्ष राजेन्द्र लिङदेनलाई घेराबन्दी सुरु गर्न भेला आयोजना गरिएको बताइएको छ ।

अध्यक्ष लिङदेनले धेरै काम विधान विपरित गरेको भन्दै त्यसलाई चुनौती दिने सहायक महामन्त्री प्रविण थोकरले बताए ।

‘हामी पार्टीप्रति प्रतिवद्द कार्यकर्ता यो पार्टी हाम्रो रगत र पसिनाबाट श्रृजित छ । यसलाई नेतृत्वदायी दलक‍ो रुपमा स्थापित गर्न हामी प्रतिवद्द छौँ तर अध्यक्षले गरेका विधान विपरितका सबै निर्णयलाई चुनौती दिन हामी सक्षम छौँ,’ केन्द्रीय सदस्य गोपाल पौडेलले भने ।

असार ५ र ६ गते राप्रपाको केन्द्रीय समिति बैठक बसेको थियो । तर असन्तुष्ट पक्षहरुले उक्त बैठकमा सदस्य बाहेकका व्यक्तिहरू समावेश गरेर कोरमसमेत नपुगेको आरोप लगाएका छन् । साथै उक्त बैठकले गरेका निर्णयहरू मान्न आफूहरु बाध्य नहुने र महाधिवेशन बाहेकका सबै निर्णय अस्वीकार गर्ने असन्तुष्ट पक्षको तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?