रास्वपा महाधिवेशनमा पुराना तीन ठूला दलका शीर्ष नेता नजाने, श्रम संस्कृतिबाट कोही नजाने 

लोकपथ
126
Shares

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनअन्तर्गत उद्घाटन सत्रमा संसदमा प्रतिनिधित्व गरेका दलहरुमध्येबाट नेतृत्वका हिसाबले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन मात्र सहभागी हुने भएका छन् । नेपाली कांग्रेस, एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो र तेस्रो तहका नेता सहभागी हुँदै गर्दा श्रम संस्कृति पार्टीबाट भने कोही पनि सहभागी नहुने भएका छन् ।

आज आइतबार चितवनको भरतपुरमा हुने उद्घाटन सत्रमा उपस्थितिका निम्ति सत्तारुढ दल रास्वपाले संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई निम्ता पठाएको थियो । 

महाधिवेशन उद्घाटन सत्रमा नेपाली कांग्रेसबाट नेत्री पुष्पा भुसाल, नेकपा (एमाले)का नेता प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)बाट वर्षमान पुन उपस्थित हुने भएका छन् । 

श्रम संस्कृति पार्टीका सांसद आरेन राईले भने व्यस्तताका कारण आफ्नो पार्टीका तर्फबाट आउन नभ्याउने बताए ।

‘निम्ता आएको हो, हामी व्यस्त भएकाले नजाने भयौँ,’ उनले भने ।

रास्वपा महाधिवेशन भरतपुरमा आजदेखि सुरु हुँदै छ । महाधिवेशन यही असार ९ गतेसम्म चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?