धितोपत्र बोर्डको अध्यक्षमा गोपालप्रसाद भट्ट नियुक्त

लोकपथ
336
Shares

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्षमा कैलालीका डा. गोपालप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको सञ्चारमन्त्री विक्रम तिमल्सिनाले जानकारी दिए ।

‘नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा डा. गोपालप्रसाद भट्ट कैलालीलाई नियुक्त गर्ने,’ बैठकको निर्णय सुनाउँदै मन्त्री तिमल्सिनाले भनेका छन् ।

यसैगरी आज बसेको बैठकले सहकारीसम्बन्धी प्रचलित कानुनलाई संशोधन र एकीकरण गर्न विधेयक तर्जुमाका लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?