काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं जिल्ला समितिका अध्यक्ष नवराज सिम्खडासहित १०७ जना सामूहिकरूपमा सो पार्टीबाट अलग भएका छन् । पार्टी नीति र विचारमा विचलन आएको भन्दै सामूहिक राजीनामा दिएको उनीहरूको भनाइ छ ।
जिल्ला अध्यक्ष सिम्खडाले एक वक्तव्य जारी गर्दै पार्टी नीति र व्यवहारमा एकरूपता नरहेकाले आफूहरूले संयुक्त राजीनामा बुझाएको उल्लेख गरेका छन् । ‘राप्रपा आफ्नो नीति, सिद्धान्त र विचारबाट विमुख हुँदै गएको तथा भनाइ र गराइमा एकरूपता नरहेको कारण राप्रपा काठमाडौंबाट संयुक्त राजीनामा प्रस्तुत गरेका छौँ ।’
पार्टी छाडे पनि आफ्नो मूल विचार र सिद्धान्तबाट भने विचलित नहुने उनीहरूले स्पष्ट पारेका छन् । राप्रपाबाट अलग हुने नेता तथा कार्यकर्ताहरूको नामावली क्रमशः प्रकाशित गरिने पनि जनाइएको छ ।
यसअघि बिहीबार सिम्खडाको अध्यक्षतामा बसेको जिल्ला समिति बैठकले राप्रपाबाट अलग हुने निर्णय गरेको थियो ।
राप्रपामा देखिएको यो सामूहिक राजीनामालाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । यो समूह अब डा. धवलशम्शेर राणाको नेतृत्वमा गठन हुने नयाँ पार्टीमा जाने तयारी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया