के भयो आज सुनचाँदीको मूल्य ?

लोकपथ
168
Shares

काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन २ लाख ९७ हजार ३ सयमा कारोबार भएको सुन मूल्य आज १ सय रुपैयाँले घटेर २ लाख ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो ।

बुधबार ४ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?