काठमाडौं । जेनजी आन्दोलनका क्रममा फरार रहेका वन्यजन्तु मुद्दाका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रसुवाको उत्तरगंगा गाउँपालिका–९ का टेकबहादुर तामाङ रहेका छन् ।
तामाङ यसअघि संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिदबिक्री मुद्दामा दोषी प्रमाणित भइ सजाय भुक्तान गरिरहेका थिए । तर भदौ २४ को जेनजी आन्दोलनका क्रममा सुन्धरास्थित केन्द्रीय कारागार जगन्नाथदेवलमा पुर्पक्षका लागि रहेको अवस्थामा फरार रहेका थिए ।
उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले मंगलबार तारकेश्वर नगरपालिकाको जरङ्खुबाट पक्राउ गरी केन्द्रीय कारागार जगन्नाथदेवमा पेस गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया