पूर्वराजा ज्ञानेन्द्रको ८०औँ जन्मोत्सव असार २३ गते मनाउने, निर्मल निवास ३ घण्टा खुल्ला हुने

लोकपथ
77
Shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ८०औँ जन्मोत्सव आउँदो असार २३ गते निर्मल निवासमा मनाउने भएका छन् ।

पूर्वराजाको संवाद सचिवालयका अनुसार जनचाहना अनुरूप जन्मोत्सव समारोह आयोजना गर्न लागिएको हो ।

समारोहमा पूर्वराजाबाट शुभकामना तथा अभिवादन ग्रहण गर्ने कार्यक्रमसमेत राखिएको छ ।

संवाद सचिव फणिराज पाठकद्वारा जारी विज्ञप्तिमा सबै शुभेच्छुक, जनसमुदाय, संघसंस्था तथा आम नागरिकलाई समारोहमा सहभागी हुन आह्वान गरिएको छ ।

विज्ञप्तिअनुसार असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारणका लागि खुला रहनेछ । सो अवधिमा उपस्थित नागरिकहरूले पूर्वराजा ज्ञानेन्द्र शाहबाट शुभकामना तथा अभिवादन ग्रहण गर्न सक्ने जनाइएको छ ।

‘जनचाहनाअनुसार निर्मल निवासमा आयोजना हुने समारोहमा मौसुफबाट शुभकामना तथा अभिवादन ग्रहण गरिबक्सने कार्यक्रम रहेको छ,’ विज्ञप्तिमा उल्लेख छ । ‘सबै शुभेच्छुक, जनसमुदाय, संघसंस्था तथा आम नागरिकहरूका निम्ति असार २३ गते बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास खुला रहनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?