काठमाडौं । नेपाल राष्ट्र बैंकले ५०० रुपैयाँ दरका नयाँ नोट आजदेखि चलनचल्तीमा ल्याएको छ । नयाँ नोटमा नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको हस्ताक्षर रहेको छ ।
राष्ट्र बैंकका अनुसार नयाँ नोटमा सगरमाथाको चित्रसँगै दायाँतर्फ अण्डाकार आकृतिभित्र रहेको कुबेरको चित्र विशेष सुरक्षा चिन्हका रूपमा राखिएको छ ।
उक्त चित्रलाई सिधा हेर्दा सुनौलो र नोटलाई ढल्काएर हेर्दा हरियो रंगमा देख्न सकिने व्यवस्था गरिएको छ ।
केन्द्रीय बैंकले संकेत नम्बर ‘झ ३८ ०००००१’ देखि ‘ट ८३ ९९९९९९’ सम्मका ५०० रुपैयाँ दरका नोटहरू चलनचल्तीमा ल्याएको जनाएको छ ।
राष्ट्र बैंकले नयाँ नोटमा अत्याधुनिक सुरक्षा विशेषताहरू समावेश गरिएको उल्लेख गर्दै सर्वसाधारणलाई ढुक्क भएर कारोबारमा प्रयोग गर्न आग्रह गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया