प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

लोकपथ
280
Shares

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ। बैठकमा विनियोजन विधेयक, २०८३ माथिको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ तथा स्पष्टीकरण दिने कार्यसूची रहेको छ ।

संसद् सचिवालयका अनुसार बैठकमा युवा तथा खेलकुद, श्रम तथा रोजगार, उद्योग, वाणिज्य तथा आपूर्ति, कृषि तथा पशुपन्छी विकास, वन तथा वातावरण, तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित विभिन्न शीर्षकहरूमाथि उठेका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन् ।

यस्तै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गतका बजेट शीर्षकमा भएको छलफलका क्रममा उठेका जिज्ञासाको पनि सम्बोधन गरिनेछ ।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका विभिन्न कार्यक्रम र बजेट शीर्षकबारे सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ सम्बन्धित मन्त्रीहरूले दिने कार्यसूची तय गरिएको छ ।

प्रतिनिधिसभामा हाल आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयकमाथि मन्त्रालयगत छलफल जारी छ । छलफलका क्रममा सांसदहरूले उठाएका विषयमा मन्त्रीहरूले स्पष्टीकरण दिएपछि सम्बन्धित मन्त्रालयका बजेट शीर्षकमाथि निर्णय प्रक्रिया अघि बढाइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?