संसद्को दुवै सदनको बैठक आज, विनियोजन विधेयक र बजेटमाथि छलफल हुने

लोकपथ
70
Shares

काठमाडौं । सङ्घीय संसद्को दुवै सदनको बैठक आज बस्दै छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ः१५ बजे बस्ने तय भएको छ ।

प्रतिनिधिसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ का लागि प्रस्तुत विनियोजन विधेयक, २०८३ माथिको छलफल सुरु हुनेछ । सचिवालयका अनुसार विभिन्न मन्त्रालयका बजेट शीर्षकलाई समूहीकृत गरी छलफल गरिनेछ ।

आजको कार्यसूचीअनुसार युवा तथा खेलकुद मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका लागि विनियोजित बजेटमाथि छलफल हुनेछ ।

यता, राष्ट्रियसभाको बैठकमा आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल हुने कार्यसूची छ। बैठकमा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री स्वर्णिम वाग्ले ले दिने कार्यक्रम रहेको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?