रूपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लुम्बिनी प्रदेश समितिको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी रहेको छ ।
अधिवेशनअन्तर्गत शनिबार राति सम्पन्न मतदानमा कुल ५४२ मत खसेको थियो । निर्वाचन समितिका अनुसार आइतबार बिहानसम्म ३०० मत गणना सम्पन्न हुँदा सभापति पदका उम्मेदवार शालिक घिमिरे १०१ मतसहित अग्रस्थानमा रहेका छन् ।
हालसम्मको मतपरिणामअनुसार गणेश पौडेलले ५०, गोपाल घिमिरेले ५२, मञ्जु भुसालले ४४, राजकुमार सुवेदीले ४३ तथा मधुप्रसाद अर्यालले १० मत प्राप्त गरेका छन् ।
बाँकी मतको गणना जारी रहेकाले अन्तिम नतिजा आउन बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।
रास्वपा लुम्बिनी प्रदेशको नयाँ नेतृत्व चयनका लागि भएको निर्वाचनलाई पार्टीको प्रदेशस्तरीय संगठन सुदृढीकरणसँग जोडेर हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया