काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले देश गम्भीर मोडमा पुगेको बताएका छन् ।
सिन्धुपाल्चोकमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सीमा जस्तो संवेदनशील विषयमा सरकारको अभिव्यक्तिले दीर्घकालीन असर देखिन थालेको दाबी गरेका हुन् ।
लिङ्देनले भने, ‘सीमा जस्तो संवेदनशील विषयमा भारतले अहिलेसम्म दाबी गरेको छैन । तर हाम्रो प्रधानमन्त्रीले दिएको अभिव्यक्तिका कारण त्यसका दुष्परिणामहरू देखिन थालेका छन् । त्यसैले देश अहिले असाध्यै गम्भीर मोडमा छ, अनिश्चयको बादल मडारिन थालेको छ ।’
उनले देशको राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै अन्य राजनीतिक शक्तिहरू कमजोर भएको अवस्थामा मुलुकलाई दुर्घटनाबाट जोगाउन सक्षम राजनीतिक शक्ति आवश्यक रहेको बताए ।
उनका अनुसार केवल नयाँ वा युवा भन्ने आधारमा मात्रै नेतृत्व सफल नहुने भन्दै अनुभव र ज्ञान आवश्यक हुनेमा जोड दिए। उनले सरकारका नीतिहरूले महँगी बढ्ने दाबी गर्दै शिक्षा क्षेत्रका कर तथा शुल्क सम्बन्धी निर्णयप्रति पनि प्रश्न उठाए ।
‘देश ५ वर्ष कसरी चल्छ, जनताले कसरी धान्छन् भन्ने अवस्था देखिन्छ, ‘उनले भने ।
लिङ्देनले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई बलियो बनाएर मात्र देशलाई सही बाटोमा लैजान सकिने दाबी गर्दै सबैलाई निराश नभई सक्रिय हुन आह्वान गरे ।
राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन ले यी धारणा सिन्धुपाल्चोकको कार्यक्रममार्फत व्यक्त गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया