काठमाडौं । वैद्य इनर्जी प्रालिद्वारा सञ्चालित एथर इनर्जी नेपालले एकै दिन २०८ वटा विद्युतीय स्कुटर ग्राहकलाई हस्तान्तरण गरेको छ ।
एकैदिन २०८ ग्राहकलाई विद्युतीय स्कुटर हस्तातरण गर्दै नेपालको विद्युतीय सवारीसाधन क्षेत्रमा उल्लेखनीय कीर्तिमान कायम गरेको कम्पनीको दाबी छ ।
मेगा डेलिभरी कार्यक्रमले नेपाली ग्राहकहरूबिच एथर ब्राण्डप्रति बढ्दो विश्वास, अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन तथा दिगो यातायात समाधानप्रतिको आकर्षणलाई स्पष्ट रूपमा प्रतिबिम्बित गरेको कम्पनीको बुझाइ रहेको छ ।
देशका विभिन्न स्थानबाट आएका ग्राहकहरूले आफ्नो नयाँ एथर स्कुटर ग्रहण गर्दै नेपालको विद्युतीय सवारीसाधनतर्फको तीव्र रूपान्तरणलाई उत्सवका रूपमा मनाएका थिए ।

कार्यक्रमका अवसरमा वैद्य इनर्जी प्रा.लि. का प्रतिनिधिहरूले एथरप्रति विश्वास देखाउने सम्पूर्ण ग्राहकप्रति हार्दिक आभार व्यक्त गर्दै नेपालमा स्वच्छ, स्मार्ट तथा दिगो यातायात प्रणालीको विकासमा कम्पनी निरन्तर प्रतिबद्ध रहेको बताए ।
एकै दिन २०८ वटा स्कुटर हस्तान्तरण गर्ने यो उपलब्धिले एथर नेपाललाई देशको अग्रणी प्रिमियम विद्युतीय स्कुटर ब्राण्डको रूपमा अझ सशक्त बनाएको कम्पनीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया