सशस्त्रका ४ डीएसपीलाई दर्ज्यानी चिह्न प्रदान

लोकपथ
0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) का ४ सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) लाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गत जेठ २१ गते सशस्त्रको प्राविधिक तर्फबाट ४ सशस्त्र प्रहरी निरीक्षक (इस्पेक्टर) लाई सोही समूहका सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी)मा बढुवा गरिएको थियो ।

आज सशस्त्र मुख्यालयमा आयोजित एक विशेष समारोहमा सशस्त्र महानिरीक्षक नारायणदत्त पौडेलले दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

जसमा डीएसपीहरु संजयकुमार यादव, पृथ्वीन्द्र खनाल, ई. लोकबहादुर रोकाय र ई. विक्रम केसी रहेका छन् ।

पदोन्नती भएका ४ डीएसपीमध्ये पृथ्वीन्द्र खनाल, संजयकुमार यादव र ई.विक्रम केसी सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय कार्य विभागमा रहनेछन् भने ई. लोकबहादुर रोकाय सशस्त्र प्रहरी बल नेपाल मद्दति तथा सेवा गुल्म रुपन्देहीमा पदस्थापना भएका छन् ।

त्यसो त आजै पदोन्नती भएका विभिन्न दर्जाका ७३ जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?