काठमाडौं । भारतको भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाललाई भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले स्वागत गरेका छन् ।
शुक्रबार दिउँसो परराष्ट्रमन्त्री खनाल भारत प्रस्थान गरेका थिए । भारत पुगेका परराष्ट्रमन्त्री खनाललाई स्वागत गर्दै मिश्रीले दुइ देशबिचको विशेष समझदारीलाई अझ सुदृढ पार्न मद्दत गर्ने विश्वास व्यक्त गरे ।
‘नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई भारतको पहिलो औपचारिक भ्रमणमा हार्दिक स्वागत छ,’ भारतीय विदेश मन्त्रालयले भनेको छ, ‘नियमित उच्चस्तरीय आदानप्रदानको परम्परालाई निरन्तरता दिँदै, यो भ्रमणले भारत र नेपालबीचको विशेष साझेदारीलाई अझ सुदृढ पार्न मद्दत गर्नेछ ।’
सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेसहितको प्रतिनिधिमण्डलले भारत भ्रमण गरे लगत्तै परराष्ट्रमन्त्री पुग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया